बलिउडका सुल्तान सलमान खानले केही यस्ता सुपरहिट फिल्महरु पनि अस्विकार गरेका थिए, जुन फिल्महरु उनले छोडेपछि अर्कै नायकले अभिनय गरे र पछि सुपरहिट भयो ।
कुन कुन हुन् त ति फिल्महरु ? हामी यी फिल्महरुको बारेमा कुरा गर्न गइरहेका छौं । जसलाई सलमानले छोडिदिए तर दर्शकहरुले उनी बिना पनि ति फिल्महरु मनपराए र सुपरहिट साबित भए ।
१. चक दे इन्डिया
यो कुरा कमै मानिसलाई मात्रै थाहा छ कि चक दे इन्डिया मा कोचको रोल सुरुमा सलमान खानले गर्नेवाला थिए तर पछि केही कारणले उनले यो फिल्म छोडिदिए । अन्तिममा शाहरुख खानले यो फिल्म गरे जुन सुपरहिट भयो ।
२. गजिनी
यसको मुख्य रोल पनि सलमानलाई नै अफर गरिएको थियो तर, सलमानले यो फिल्म पनि अस्विकार गरेर फेरि एकपटक आफ्नो गल्ती दोहोर्याए । पछि यो उनको मिल्ने साथी आमिरले यो फिल्म गरे र धेरै नै प्रशंसा पाए । फिल्मले बक्स अफिसमा पनि कमालको व्यापार गर्यो ।
३. कल हो ना हो
कल हो ना हो पनि एक अर्को त्यस्तो फिल्म पनि हो जुन सलमानले अस्विकार गरे तर पछि त्यो सुपरहिट भयो । यो फिल्ममा सलमानलाई समिरको रोल अफर गरिएको थियो तर पछि उनले नमानेपछि सैफ अली खानले गरेका थिए ।
४. दिलवाले दुल्हनियाँ ले जाएंगे
यो फिल्म यति धेरै सुपरहिट भयो कि आजसम्म पनि यो फिल्ममा शाहरुख र काजोलको जोडिलाई सम्झिने गरिन्छ तर यो फिल्म पनि सलमानले रिजेक्ट गरेका थिए । उनले रिजेक्ट गरेपछि मात्रै फिल्म शाहरुखको पोल्टामा आयो र पछि फिल्मले धेरै लामो समयसम्म हलमा चलेर इतिहास नै रच्यो ।
५.जोश
जोशमा म्याक्सको रोल पनि सलमानलाई अफर गरिएको थियो तर उनले यो फिल्म पनि अस्विकार गरे किनभने यो फिल्ममा उनी आफ्नो गर्लफ्रेन्ड ऐश्वर्या राय बच्चनको भाइ बन्न चाँहदैनथे । त्यसपछि यो फिल्म पनि शाहरुखले गरे र सुपरहिट भयो ।
६. बाजिगर
फिल्म बाजिगरमा लिड रोलको लागि सबैभन्दा पहिले सलमान खानलाई अफर गरिएको थियो तर केही कारणले यो फिल्म पनि सलमानले छोडि दिए र यो शाहरुख खानले पाए जुन पछि धेरै नै हिट भयो ।