२० बर्षीय रेक्स रंजित मोडलिंगमा नौलो नाम होइन । २ दर्जन भन्दा बढी रेम्प शोमा आफुलाई मोडलको रुपमा प्रस्तुत गरिसकेको उनी रेक्स फेशन होमका सी.ई.ओ, रेक्स सेक्युरिटिका ब्रान्च डाइरेक्टर एवं रेक्स स्पोर्ट्स क्लबका प्रेसिडेन्ट पनि हुन् । सानै खि ग्ल्यामर क्षेत्रमा रुची राख्ने रेक्सले “दि रेम्प फेशन एव मोडलिंग एजेन्सी” बाट मोडलिंगमा व्यवसायिक तालिम लिईसकेका छन् । बहुप्रतिभाशाली रेक्स कराँते पनि सिकाउछन् । हालसम्म उनले रेम्प मोडलिंगका साथै ,फेशन शुट, म्युजिक भिडियो एवं पेपर बिज्ञापनमा काम गरिसकेका छन् । धेरै म्युजिक भिडियोमा काम गरेपनि, आफ्नो काम “नाचन” एवं “म हुँ हिरो” बोलको गीत उनलाई मनपर्छ । प्राइम कलेज बि.बि.ए तेस्रो बर्षमा अध्यनरत उनको लक्ष्य भनेको ठुलो पर्दाको नायक बन्नु नै हो । उनको यो इच्छा पनि पुरा भएको छ । चलचित्र “जीवन संघर्ष” मार्फत चाडै नै उनी ठुलो पर्दाको नायकको रुपमा देखा पर्दैछन् ।