माघ २१ गतेबाट हलमा लाग्ने तयारी कसेर बसेको चलचित्र ‘परिणाम’ को ट्रेलर सार्वजनिक भएको छ । महिला कतिसम्म सहनशिल हुन्छन् र परिआएको खण्डमा के सम्म गर्न सक्छन् भन्ने कुरा देखाइएको ट्रेलरमा नायिका सारिका घिमिरे र नायक मुकेश ढकाललाई एक्शन अवतारमा देख्न सकिन्छ । हरि पराजुलीले निर्देशन गरेको यो चलचित्रमा सारिका र मुकेशका अलवा झरना रिसाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्यक्ष लगायतका कलाकारहरुको अभिनय रहेको छ । नारायण घिमिरेको लेखन, माधव शर्माको पटकथा संवाद, एनवी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको शब्द/संगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोख्रेल र नितिश शर्माको गायन, शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्र परिणामको कार्यकारी निर्माता भने पदम निरौला हुन ।