भारतको जिटिभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स-२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगरले फेरी अर्को भारतीय टेलिभिजन च्यानल कर्लसबाट प्रशारण हुँदै आएको ‘झलक दिखला जा’ सिजन ९ को पनि उपाधि हात पारेकी छिन् । बलीउड अनलाइन ‘बलीउडलाइफ’ मा प्रकाशित समाचारका अनुसार, तेरियाले आफ्नो दुई प्रतिस्पर्धी सलमान खान र शांतनु माहेश्वरीलाई पराजित गर्दै ‘झलक दिखला जा’ सिजन ९ को ट्रफी हात पारेकी हुन । कर्लस च्यानलले भने यसको आधिकारीक घोषणा भोली शनिबार साँझ मात्र गर्नेछ । तेरियाका प्रतिस्पर्धी शांतनु एक विश्व स्तरका हिप हप डान्सर हुन भने सलमान एक प्रसिद्ध कोरियोग्राफर हुन । तेरियाले ‘झलक दिखला जा’ को उपाधिसँगै नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गरेकी छिन् । तेरिया ‘डिआईडी लिटिल मास्टर्स २०१४’ की विजेता भएकाले ‘झलक दिखला जा’ मा प्रवेश पाएकी थिइन। यो प्रतियोगितामा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज निर्णायक छन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् ।