कफि विथ करणको हरेक एपिसोडमा बलिउड सेलिब्रेटीका बारेमा कयौँ खुलासा हुन्छ । करणको अगाडी सबैले आफ्नो मनको कुरा मुखमा ल्याउँछन् वा यसलाई करणको विशेषता भन्ने भन्ने उनी सबै रहस्यहरुको खुलासा गर्छन् । यस पटक कफि विथ करणमा प्रियंका चोपडा एक्लै आइन् । प्रियंका बिन्दास मुडमा थिइन् र उनले आफ्नो सबै डर्टी सेक्रेटहरु भनिन् कि पक्कै उनकी आमाले यो एपिसोड हेर्ने छैनन् ।
करणले प्रियंकासँग कफि सट गेम खेले जसमा प्रियंकासँग करणले प्रश्नहरु सोध्छन । यदि प्रियंकाको उत्तर हो भएमा उनले कफिको एक सट लिनुपर्थ्यो । करणले प्रश्न सोधे कि के प्रियंकाले फोन सेक्स गरेकी छिन् ? के कसैसँग नुहाएकी छिन् ? के बत्ति ननिभाइ उनले सेक्स गरेकी छिन् ? प्रियंकाले यी सबै प्रश्नको जवाफमा कफि पिएकी थिइन् । अब यो कुरा साँच्चै थियो कि उनले त्यत्तिकै मजाक गरेकी थिइन् भन्ने चैं शो हेरे पछि मात्रै थाहा हुनेछ । प्रियंकाले शोमा भारतिय केटा र विदेशी केटाको तुलना पनि गरेकी थिइन् । उनका अनुसार विदेशी केटाहरु सिधै सोध्छन् कि के तपाई आज रातको लागि फ्रि हुनुहुन्छ ? के हामी सँगै डिनर लिन सक्छौं ? प्रियंकाले भनिन् कि उनीहरु पनि भारतिय केटाहरु जस्तो बोल्ड छैनन् ।