बलिउडका केही यस्ता सेलिब्रिटीहरु छन् जसले लिबिङ टुगेदर रिलेशनमा लामो समय बिताएका छन् । लामो समय लिविङ टुगेदर रिलेशनमा भएपनि उनीहरुको सम्बन्ध एउटा बिन्दुमा पुगेपछि टुटेको थियो ।
लिबिङ टुगेदर रिलेशनमा रहे ब्रेकअप गरेका बलिउडका चर्चीत सेलिब्रिटीहरु अझै पनि खुलेर आफ्नो सम्बन्धबारे बोल्न रुचाउँदैनन् ।
१. रणवीर कपुर र कटरीना कैफ
यो जोडी डेढ (सन् २०१४ देखी सन् २०१६ सम्म) वर्षसम्म लिबिङ टुगेदर रिलेशनमा रहेको थियो ।
२.जोन अब्राहम र बिपाशा बासु
यो जोडी निकै लामो समयसम्म लिबिङ टुगेदर रिलेशनमा रह्यो । ९ वर्ष लामो लिबिङ टुगेदरमा रहेको यो जोडीले सन् २०१४ मा ब्रेकअप गरेको थियो ।
३. सेफ अली खान र रोजा
सन् २००४ मा पत्नी अमृतासँग अलग्गिए पछि सेफ अली खान र रोजा २ वर्षसम्म लिबिङ टुगेदर रिलेशनमा रहेका थिए ।
४.सुशान्त सिंह राजपुत र अंकिता लोखडें
यो जोडी करिब ६ वर्षसम्म लिबिङ टुगेदर रिलेशनमा रहेको थियो । सन् २०१६ मा यो जोडीको ब्रेकअप भएको थियो ।
५. आदित्य पंचोली र कंगना रणावत
करिअरका सुरुका दिनहरुमा कंगना आदित्यसँग लिबिङ रिलेशनमा रहेकी थिइन् । यो जोडी २ वर्षसम्म लिबिङ टुगेदर रिलेशनमा रहेको थियो । आफुभन्दा दोब्बर उमेर रहेका आदित्यलाई उनले छाडेकी थिइन् ।
६. अभय देवल र प्रिति देसाइ
यो जोडीको ब्रेकअप पनि उत्तिकै चर्चामा रह्यो । ४ वर्ष लामो लिबिङ टुगेदर रिलेशनमा रहेको यो जोडीको पनि अन्तत ब्रेकअप नै भयो ।
७. कोनकोना सेन र रणवीर सौरी
यो जोडीको भेट सन् २००८ मा भएको थियो । एकअर्कालाई डेटिङ गर्न थालेपछि उनीहरु लिबिङ टुगेदर रिलेशनमा बस्न थाले । २ वर्षजति लिबिङ रिलेशनमा रहेको यो जोडीले सन् २०१० मा विवाह गर्यो । तर, विवाह भएको ५ वर्ष पश्चात भने यो जोडीको डिभोर्स भएको थियो ।
८. देव पटेल र फ्रिडा पिन्टो
यो जोडीको भेट सन् २००८ मा भएको थियो । यिनीहरु ६ वर्षसम्म लिबिङ टुगेदर रिलेशनमा बसेका थिए । तर, उनीहरुले एक्कासी अलग्गिने निर्णय लिए । उनीहरु अझै राम्रो साथी भएको बताउने गर्छन् ।
९. अनुराग कश्यम र कल्की कोचलिन
यो जोडीको लिबिङ टुगेदर रिलेशन लामो समय टिक्न सकेन । डेढ वर्षमै यो जोडी अलग्गिएको थियो ।
१०. लारा दत्त र केली दोर्जी
आठ वर्ष लामो लिबिङ टुगेदर रिलेशनमा रहेको यो जोडीको सम्बन्ध एक्कासी टुटेको खबर बाहिर आएको थियो । महेश भुपतिले लारालाई पाउन आफ्नी पत्नी स्वेतालाई डिभोर्स दिएका थिए ।