‘कान्छो भाई’, ‘मार्छे बुढीले’, ‘बालै भएन’, ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बा किन्देऊ न भटभटे’ लगायतका दुई दर्जन बढी चर्चित गीतका गायक प्रकाश ओझालाई सर्वोच्च अदालतले १० बर्ष जेल सजाय सुनाएको छ । तीन नाबालिकालाई यौन शोषण गरेको र त्यसको भिडियो खिचेर वेबसाइटमा सार्वजनिक गरेको आरोपमा सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै १० बर्ष जेल सजाय सुनाएको हो । गायक ओझालाई प्रहरीले काठमाडौंको शंखमुलबाट प्रक्राउ गरेको हो । इटहरी घर भएका ओझालाई अदालतले १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो । गायक तथा हास्यकलाकार समेत रहेका उनी केही बर्षदेखी लुकीछिपी रुपमा गीत गीत रेकर्डिङ गर्दै आइरहेका थिए । अदालतले गायक ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ । उनले ०५९ देखी लगातार रुपमा विभिन्न प्रलोभन र डर धम्की दिँदै २ बर्षसम्म तीन नाबालिकासँग शारीरिक सम्वन्ध राखेका थिए । र, त्यसको तश्वीर र भिडियोहरु बेवसाइटमा राख्ने धम्की दिँदै उनले तीन नाबालिकालाई पटक पटक शारिरीक शोषणा गरेको आरोप छ ।