जनर : एक्शन क्राइम थ्रिलर
निर्देशक : राहुल ढोलकिया
स्टार कास्ट : शाहरुख खान, माहिरा खान, नवाजुद्दीन सिद्दीकी, मोहम्मद जीशान अयूब।
प्रोड्यूसर : एक्सेल इन्टरटेन्मेन्ट, रेड चिलीज।
संगीत : राम संपत
शाहरुख खानको फिल्म ‘रईस’ यति बेला विश्वभर प्रदर्शन भइरहेको छ । प्रदर्शनको दिनदेखी गज्जबकै पैसा छापिरहेको फिल्म रईस हेरेपछि ‘बलीउडभाष्कर’ अनलाइनलले गरेको समिक्षा :-
कथा
फिल्म रईसको कथा ८० को दशकको गुजरातमा बेस्ड छ जहाँ रईस (शाहरुख) आफ्नो आमा (शीबा चड्ढा) साथ रहेका हुन्छन् । घरको आर्थिक अबस्था कमजोर भएका कारण शाहरुख स्कूलको टाइमदेखी नै गलत काम तर्फ आर्कषित हुन्छ र रईस स्कुलको ब्यागमा रक्सी राखेर सप्लाई गर्न लाग्छन् । तर, ठूलो भएपछि रईसले आफ्नै धन्दा सुरु गर्छन । आफ्नो दिमाग र डेयरिंगका कारण उनी चाँडै अबैध रक्सीको ठूलो विजनेश म्यान बन्छन् तर यसका बीच रर्यको पछाडी एसपी मजूमदार (नवाजुद्दीन सिद्दीकी) पर्छन, जो निकै इमान्दार र कडा पुलिसवाला हुन्छन् तर रईसको धन्दा बन्द गर्ने हजार कोशिशका बाबजुद पनि शाहरुखलाई समात्न सक्दैनन् । यस दौरान फिल्मको कहानीमा कयौं उतार चढाव आउँछन् ।
निर्देशन
फिल्मको निर्देशकिय पक्ष सबैभन्दा उत्कृष्ट छ । के. यू. मोहननको सिनेमेटोग्राफी, ब्याकग्राउण्ड पनि निकै राम्रो छ । फिल्मको सबैभन्दा दमदार पक्ष यो छ कि यसको डाइलग्सले अडियन्सलाई तालि बजाउन मजबूर गर्छ ।
फिल्मको फस्र्ट हाफ राम्रो छ तर इन्टरवलपछि फिल्मको रफ्तार सुस्त देखिन्छ । त्यस्तै फिल्मको एकदुई गीतले पनि यसको रफ़्तारमा असर पुगेको छ, मात्र सनी लियोनीको साथ फिल्मांकन गरिएको एक आइटम गीत मात्र कहानी अनुसार फिट देखिन्छ ।
कलाकारहरुको अभिनय
रईसमा शाहरुख खानको भूमिका तारिफ योग्य छ । नवाजुद्दीन सिद्दीकीको अभिनयले त झन शाहरुख खानलाई पनि मात खुवाउँछ । फिल्ममा जब यी दुई एकसाथ देखिन्छन् तब एडवेन्चर त्यसै बढ्छ । जहाँ एक तर्फ नवाजुद्दीनको लेखेर लिने स्टाइल र अर्का तिर शाहरुख खानले बोल्ने दमदार डाइलगको अन्दाज पनि धुँवादार छ । मोहम्मद जीशान अयूब, अतुल कुलकर्णी र अन्य कलाकारहरुको अभिनय पनि उत्कृष्ट छ ।
चलचित्रको संगीत
फिल्मको ब्याकग्राउण्ड स्कोर गज्जब छ तर फिल्ममा मात्र ‘लैला मैं लैला’ बोलको गीत मात्र कहानी अनुसार फिट देखिन्छ ।
हेर्ने वा नहेर्ने
तपाईलाई फिल्म रईसले पुरा २ घण्टा गज्जबले बाँध्छ । यदी तपाई शाहरुख खान र नवाजुद्दीन सिद्दीकीको फ्यान हुनुहुन्छ भने एकपटक जसरी पनि हेर्नुस् ।