मोडलिंगको दुनियाँमा निरजन थापा कुनै नौलो नाम होइन । दि रेम्प मोडलिंग एजेन्सीबाट मोडलिंग क्षेत्रमा प्रोफेशनल ट्रेनिंग लिईसकेका उनले ३ दर्जन रेम्प शो, १५ वटा टिभी कमर्शियल (टाईगर बियर, नेपाल आइस बियर, भीक्टा व्ह्सिकी, डट फेशन वेयर, मेशुका फेशन वेयर, एनसेल कम्पनी साम्सुंग मोबाइल, बाइक, नुडल्स, हुलास, होर्डिंग बोर्ड), २० वटा भन्दा बढी फेशन शुटमा फेशन मोडल र ३० वटा बढी म्यूजिक भिडियोहरुमा मोडलको रुपमा आफुलाई प्रस्तुत गरिसकेका छन् । पब्लिक युथ क्याम्पसबाट एमबीएस गरेका पोखराका नीरजन सन् २०११ मा मेन्टहन्ट इन्टरनेशनल नेपालका बिजेता समेत हुन । उनले त्यतिबेला ,बेस्ट फोटोजेनिकको उपाधि पनि हात पारेका थिए र नेपाललाई प्रतिनिधित्व गर्दै “मेन्टहन्ट इन्टरनेशनल २०११” लागि कोरिया, सिओल पुगेका थिए । मोडलिंगको क्षेत्र व्यस्त रहेपनि उनको लक्ष्य भनेको ठुलो पर्दा नै हो । ठुलो पर्दामा आफुलाई सफल कलाकारको रुपमा चिनाउने तयारीमा रहेका उनले “लाल्टिन” मार्फत ठूलो पर्दामा डेब्यू गर्दैछन् ।