बि.बि.एस. दोस्रो बर्षमा अध्यनरत बिपना थापा मोडलिंगमा स्थापित नाम हो । उनले नेपालकै पहिलो मोडलिंग एजेन्सी “दि रेम्प” फेशन एवं मोडलिंग एजेन्सीबाट मोडलिंगमा व्यवसायिक तालिम लिएकी हुन् । २ दर्जन भन्दा बढी रेम्प शो, ३५ वटा म्यूजिक भिडियो एवं धेरै फेशन शुटमा मोडलको रुपमा प्रस्तुत भइसकेकी उनी “तिम्रो नाउमा यो जीवन” बोलको गीतसँगै गायनको क्षेत्रमा पनि प्रवेश गरेकी छन् । मिठो स्वरकी धनी बिपनाको यो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भैसकेको छ । मोडलिंग सँगसँगै बिपनाले गत दुई बर्षदेखि बालबालिकाको कार्यक्रमको लागि कोरियोग्राफी पनि गर्दै आएकी छन् । ग्ल्यामर क्षेत्रमा नै रमाउने सोच बनाएकी बिपनाले मोडलिंग, गायनलाई निरन्तरता दिने बताइन ।