‘यो रेडियो नेपाल हो, सुन्नहोस् कोमल वलीबाट समाचार’ अब यो आवाज रेडियो नेपालमा सुन्न नपाइने भएको छ । किनकी गायिका तथा सञ्चारकर्मी कोमल वलीले रेडियो नेपालको जागिर छोडेर पुर्णरुपमा राजनीतिमा होमिएकी छिन् । उनले मंगलबार मात्र रेडियो नेपालमा आफ्नो राजिनामा पत्र बुझाईसकेकी छिन् । कोमल वलीले आफ्नो सम्पूर्ण समय राजनीतिमा खर्चनका लागि २० बर्ष लामो रेडियो नेपालको जागिर छोडेकी हुन ।
केही महिना अगाडी मात्र राप्रपा नेपालका अध्यक्ष कमल थापाले माला लगाएर कोमल वलीलाई राप्रपा नेपालमा प्रवेश गराएका थिए । उनले राजनीति गर्न थालेपछि जागिर नखाने उद्घोष गरेकी थिइन र सोही अनुरुप उनले रेडियो नेपालको जागिर छोडेकी हुन । खबरका अनुसार, कोमल वली आसन्न राप्रपा नेपालको महाधिवेशनमा केन्द्रीय सदस्यमा लड्दैछिन् । ‘तुलसीपुरमा म जाँदा खेरी’, ‘पोईल जान पाम शिब’, ‘झ्वाक तन्नेरी’, ‘लाष्टै चोटी हो’ लगायतका गीतहरु गाइसकेकी कोमलले चलचित्र ‘राजनीति’ मा मुख्य भूमिका समेत निर्वाहा गरेकी थिइन ।