एक्सन नायक निखिल उप्रेतीले बहुविवाह गरेको सबैलाई थाहा छ । निखिलको जेठी श्रीमती कोपिला उप्रेतीबाट एक छोरा छन् भने कान्छी श्रीमती तथा नायिका सञ्चिता लुइँटेलबाट दुई सन्तान जन्मिसकेका छन् । नायिका सञ्चिता लुइँटेलसँग विवाह गरेपछि केही बर्षसम्म जेठी श्रीमतीको सम्पर्कमा समेत नरहेका निखिल अहिले बराबरी जसो नै जेठी र कान्छी श्रीमतीसँग समय बेथित गर्ने गर्छन । यो कुरा निखिल आफैले पनि भनिरहेका छन् कि, ‘मैले दुवै श्रीमतीलाई मिलाएर राखेको छु ।’
गएको बुधवार नेपालमा पनि प्रेम जोडीहरुले ‘भ्यालेन्टाइन डे’ मनाए । निखिलका प्रशंसकहरुको मनमा यही प्रश्न उब्जिरहेको होला कि निखिलले ‘भ्यालेन्टाइन’ चाहिँ कुन श्रीमतीसँग मनाए ? तपाईहरुलाई बताइदिउँ कि निखिलले यस पटकको ‘भ्यालेन्टाइन डे’ जेठी श्रीमती कोपिला र छोरासँग मनाएका छन् । निखिलकी जेठी श्रीमती कोपिलाले निखिलसँग बसेको एक तश्वीर फेसबुकमा पोष्ट गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ लेखेकी छिन् भने निखिलले पनि आफ्नो फेसबुकमा कोपिल र छोरासँगको एक तश्वीर पोष्ट गर्दै ‘मेरो भ्यालेन्टाइन’ भनेर लेखेका छन् । अनौठो त के छ भने नायक निखिल उप्रेतीले दुवै श्रीमतीलाई एउटै घरमा भने राखेका छैनन् । अहिले कोपिला निखिलसँगै काठमाडौं बस्छिन् भने सञ्चिता पनि काठमाडौंमा रहँदै आएकी छिन् । तर, उनीहरु एउटै घरमा भने बस्दैनन् । खबरका अनुसार, अहिले कोपिला र सञ्चिताको राम्रो बोलचाल हुन्छ र सँगै भने बस्दैनन् ।