पप स्टार लेडी गागाले आफ्ना प्रशंसकलाई ‘‘प्रेम र करूणा’’ जस्ता गुण अपनाउन आग्रह गरेकी छिन् किनकी केवल पैसाले कहिले खुसी दिन सक्दैन ।
गार्डियन अनलाइनका अनुसार, लन्दनको वेस्टफील्ड मलमा ‘बैड रोमान्स’ जस्ता हिट कार्यक्रमकी निर्माताले प्रतियोगिताका एक विजेता समूहसँग भेट गरेकी थिइन र उनले जीवनमा खुसी हुनु नै सबैभन्दा ठूलो सम्पती रहेको बताइन ।
उनले भनिन, ‘मैले दुनियाँका धेरै ठाउँ घुमेको छु र यो देखेको छु कि गरिब ठाउँमा पनि मानिसहरु खुसी छन् । उनीहरुको जीवन मुल्य आज पनि राम्रोसँग चलिरहेको छ जबकी सबैभन्दा धनी घरमा सबैभन्दा दुखी मान्छे पनि उदास देखेकी छु ।’