ग्ल्यामर क्षेत्रमा रुची भएकोले मोडल सैजल ताम्राकार “दि रेम्प” बाट मोडलिंग सम्बन्धि प्रोफेशंनल ट्रेनिंग लिइन् । अध्ययनपछिको केही समय उनी मोडलिंगमा रमाउथिन् । एक दर्जन रेम्प शोमा प्रस्तुत भैसकेकी सैजलले धेरै फेशन फोटोसुटमा फेशन मोडलको रुपमा काम गरिसकेकी छन् । बेला बखत उनी पढाईसँगै आफ्नो कलेजमा हुने फेशन शोहरुमा पनि सहभागी हुन्छिन् । हाल उनी अल इन्डिया इन्सटिट्युट, न्यु दिल्लीमा बि.एस.सी नर्सिंग अन्तिम बर्षमा अध्यनरत छिन् । पढाईको कारणले अहिले मोडलिंगमा समय दिन नसकेपनि मोडलिंगको मोह भने अझै उनमा कायमै छ ।
मोडल स्रोत : दि रेम्प फेशन एव मोडलिंग एजेन्सी, अनामनगर
मेकअप हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्बिर : कमल श्रेष्ठ