वि.सं. २०४२ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’ बाट नेपाली रजतपटमा नायिकाको रुपमा भित्रिएकी करिश्मा मानन्धर आफ्नो समयकी सर्वाधिक सफल नायिकाको रुपमा चिनिन्छिन् । पहिलो चलचित्र ‘सन्तान’ खेल्दा करिश्मा १६ बर्षकी थिइन भने उनले पहिलो चलचित्रमा नै नायक भुवन केसीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी थिइन । त्यसपछि उनले सयभन्दा बढी नेपाली चलचित्रमा काम गरिन् ।
गएको बर्ष मात्र उनले निर्माण गरेको चलचित्र ‘फागु’ प्रदर्शनमा आएको थियो तर यो चलचित्र असफल रह्यो । चलचित्र निर्माणमा लगातार असफलता हात पार्दै आएकी करिश्माले पुनः अर्को चलचित्र निर्माण गर्न कम्मर कसेर लागिपरेकी छिन् । ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा उनले हाल नयाँ चलचित्रको स्क्रिप्टको काम चलिरहेको बताइन ।
करिश्माले भनिन्, ‘सायद २०१७ भित्रमा नै चलचित्रको काम सुरु हुन्छ । फरक कथावस्तुमा चलचित्र निर्माण गर्दैछु ।”बजारमा तपाईले आफ्नी छोरी कवितालाई पनि नायिका बनाउँदै हुनुहुन्छ भन्ने हल्ला चलेको छ नी ?’ भन्ने हाम्रो प्रश्नमा उनले अगाडी थप्दै भनिन्, ‘मैले भित्राउन लागेको त भनेको छैन । सोच चाँहि बनाएको छु र सायद कवितालाई पनि रहर छ जस्तो मलाई लाग्छ । अहिले चलचित्रको काम चलिरहेको छ सायद यही चलचित्रबाट कविता नेपाली रजतपटमा भित्रिन सक्छिन् ।’
करिश्मा मानन्धरसँग गरिएको भिडियो अन्तर्वार्ता तल हेर्नुहोस् ।