सञ्चारकर्मी विकास लामिछाने अभिनित अर्को नयाँ म्यूजिक भिडियो ‘काली गोरी’ सार्वजनिक भएको छ । भिडियोमा विकासले दुई मोडल अनु शाह र आरजुसँग रोमान्स गरेका छन् । मोहन राज अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ भने माधव वेलबासेले सम्पादन गरेका हुन् । एरेञ्ज दिपेश सिंहको छ । राज श्रेष्ठको संगीत तथा स्वर र एस करन थिङको शब्द रहेको छ ।