नायिका नन्दिता केसी अहिले नेपालमा छैनन् । गएको बर्ष एक साँस्कृतिक कार्यक्रमका लागि अमेरिका गएपछि उनी प्राय उतै बस्दै आएकी छिन् । अमेरिका बस्न थालेपछि उनी नेपाल नै नफर्किएकी भने होइन तर नेपाल बस्दा चलचित्रको अफर नै आउन छाडेपछि उनी फेरी अमेरिका हानिइनन् । त्यसैले त अहिले ‘नन्दिता केसी पनि अमेरिका पलायन भईन्’ भन्ने खबरले नेपाली सिनेवृत खुबै तातेको छ । नन्दिताको यस बर्ष ‘कैफियत’ चलचित्र हलमा लागेको थियो तर यो चलचित्रले पनि नन्दितालाई नराम्रोसँग धोका दियो । पछिल्ला केही बर्षदेखी लगातार आफु अभिनित चलचित्रहरु फल्पको सूचीमा दर्ता हुन थालेपछि निर्माताहरु स्क्रिप्ट बोकेर उनको घरसम्म पुगेनन्, त्यसैको मुख्य कारण हो नन्दिता अमेरिका हानिनु ।चलचित्र ‘इन्द्रेणी’मा पहिलो पटक अभिनय गरेपछि एकाएक करिअरको उचाइमा पुगेकी नायिका नन्दितालाई ‘सान्नानी तिमीलाई हिर्काउला लौराले’ बोलको गीतले थप चर्चा दिलायो । तर, अहिले उनको न चर्चा छ न माग नै नेपाली बजारमा । पछिल्लो समय दर्शकहरु चलचित्रको पर्दामा पुराना कलाकार भन्दा नयाँ कलाकारहरु हेर्न रुचाउने लत बसेका कारण पनि नन्दिता जस्ता धेरै अभिनेत्रीहरु अहिले नेपाली चलचित्रबाट पलायन भइसकेका छन् ।यसबाट नन्दिता पनि अछुतो रहन सकेको देखिन्न । अहिले अमेरिकामा नन्दिताको दैनिकी कसरी वित्छ त्यो उनैलाई थाहा होला तर उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा अपलोड गरेको तश्वीरबाट के स्पष्ट हुन्छ भने उनी अहिले मस्ती मूडमा छिन् । चलचित्र नपाएर विरक्तिएको जिवनलाई अहिले उनी आफ्नो मानसपटलमा स्मरणीय पलहरुको एल्बम बनाउँदैछिन् । उनका तश्वीरहरुले बोलेका कुराहरु हुन यी ।तपाईहरुलाई बताइदिउँ कि अमेरिका जानु अघि नायिका नन्दिता केसीले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा आफु केही महिनाका लागि मात्र अमेरिका जान लागेको र अमेरिकाबाट फर्किएपछि नेपाली चलचित्रमा नै व्यस्त हुने बताएकी थिइन । तर, अहिले नेपाल भन्दा अमेरिकामा नै रमाउनुले चाहिँ यो प्रश्न सर्वत्र उठेको छ, ‘नन्दिता पलायन नै भएकी हुन त ?’ यसको जबाफ त नन्दिता बाहेक अरु कोसँग नै पो होला र ?
तश्वीर : नन्दिताको फेसबुक र इन्स्टाग्रामबाट