चैत ११ गतेलाई रिलिज डेट लक गरिएको चलचित्र ‘निर्भय’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘मेरो हर सासमा बास छ तिम्रो’ बोलको गीतमा नायक निखिल उप्रेती र नायिका नीता ढुंगानाको प्रेमलाई देखाउन खोजिएको छ । मनमोहक लोकेशनमा खिचिएको गीतमा निखिल र नीताको केमेष्ट्री लोभलाग्दो देखिन्छ । गीतमा तारा प्रकाश लिम्बु र रजिना रिमालको स्वर, रोजी राईको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।