साउथ इण्डियन फिल्मका सुपरस्टार नागार्जुनलाई एक्सन स्टार भनेर चिनिने गरिन्छ । तर, कमाईको मामिलामा पनि उनी कुनै स्टार्स भन्दा कम छैनन् । यी स्टार्सको प्रोपर्टीको कुरा गर्ने हो भने उनी हजार करोडको सम्पत्तिका मालिक हुन । नागार्जुनसँग हैदराबादको जुबली हिल्समा करिब ४० करोडको आलिसान महलसँगै रोल्स रोयस, बेन्टले, बीएमडब्ल्यू, रेन्ज रोवजर र पोर्शे जस्ता महंगा कार समेत छन् । यति मात्र होइन उनको बार्षिक कमाई २ सय करोड रहेको छ ।
अन्नपूर्णा स्टूडियो करिब ३ बिघामा फैलिएको छ । नागार्जुन यो प्रोडक्शन र डिस्ट्रीब्यूशन कम्पनीको म्यानेजिंग डायरेक्टर पनि हुन । यसको अलवा नागार्जुन अन्नपूर्णा इन्टरनेशनल स्कूल अफ फिल्म एण्ड मीडिया, हैदराबादको प्रेसिडेन्ट समेत हुन । नागार्जुन एनएनएन रियलिटी इन्टरप्राइजेजका फाउण्डिंग पार्टनर समेत हुन ।