यस बर्षको सुरुवातमा प्रदर्शनमा आएको चलचित्र हो, ‘हाउ फन्नी’ । ‘बाटो मुनीको फूल २’ सँग एकसाथ हलमा लागेको यो चलचित्रले औसत व्यापार गरेको खबर छ । बजारमा यो चलचित्रले लगानी सेभ गरेको खबर पनि बाहिर आएको थियो । यो त चलचित्रकी निर्मात्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई नै थाहा होला चलचित्रले लगानी सेभ गर्यो वा कंगाल बनायो । तर, अहिले यो चलचित्र युटुबमा भने हिट भएको छ । हामीले समाचार तयार पार्दासम्म यो चलचित्र साढे १५ लाख भन्दा बढीले हेरिसकेका छन् । ५ दिनमा १५ लाख भ्यूूअर्स पाउनु भनेको युटुबमा ‘हाउ फन्नी’ सुपरहिट भएको छ । यतिसम्मकी यो चलचित्र अहिले युटुबको ट्रेडिङ नम्बर २ मा परेको छ । तर, अनौठो त के छ भने चलचित्र हेरेका अधिकांश दर्शकहरुले ‘हाउ फन्नी’ झुर भन्दै कमेन्ट गरेका छन् । ३ हजारभन्दा बढी कमेन्ट पाएको यो चलचित्रलाई दर्शकहरुले बक्वास र हावा भन्दै आक्रोश पोखेका छन् । यसबाट यो चलचित्र हलमा हिट भयो वा भएन स्पष्ट थाहा हुन्छ ।
निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही जस्ता चिनिएका अनुहार छन् ।