बलीउड अभिनेत्री ऐश्वर्या रायको सुन्दरताको चर्चा आज पनि उतिक्कै हुने गर्छ । उनको आफ्नो करिअर मोडलिङबाट सुरु गरेकी थिइन् । प्रोफेशनल र पर्सनल लाइफमा उनले गज्जबको सन्तुलन राखेकी थिइन् ।
मोडलिङ करिअरदेखि विवाहसम्म उनको जीवनमा धेरै उतार चढाव आए । उनका जीवनमा केही यस्ता पुरुषहरु पनि आए जोसँग उनको लामो समयसम्म प्रेम प्रसंग चल्यो ।
राजिब मुलचन्दानी
यो त्यस बेलाको कुरा हो जब उनी आफ्नो मोडलिङमा आफ्नो करिअर बनाउँदै थिइन् । उनीहरुको भेटले एउटा महत्वपुर्ण सम्बन्ध बनायो । पछि राजिबलाई उनको ब्वाईफ्रेण्डको रुपमा हेर्न थालियो । तर, राजिबको मनिषा कोइरालासँग नजिकिएपछि झन् चर्चा चुलियो । पछि राजिब र ऐश्वर्याको मित्रता पनि सकियो ।
सलमान खान
त्यसपछि सलमान खान ऐश्वर्याको जीवनमा आए । भारतीय फिल्मको इतिहासमा यो जोडीको रोमान्सको चर्चा सायद अरु जोडीको भएको छैन । उनीहरुको प्रेम कथाले पत्रिका, किताब तथा टिभीमा ठुलो स्थान पाएको थियो । सन् १९९९ तिरको कुरा हो, संजय लिला भन्साली सलमान र ऐश्वर्यालाई लिएर फिल्म ‘हम दिल दे चुके सनम’ बनाउन लागेका थिए ।
फिल्म निर्माण चलिरहँदा सलमान र ऐश्वर्याको लभ अफेयर पनि चलिरहेको थियो । लगभग यो जोडीको अफेयर दुई वर्षसम्म चल्यो । एक समय यस्तो पनि आयो कि उनीहरु छिट्टै नै विवाह गदैछन् । तर, सलमान खानको ऐश्वर्याप्रति परिवर्तित व्यवहारका कारण उनीहरुबीच सम्बन्ध बिग्रन थाल्यो ।
फिल्म ‘चल्ते चल्ते’ मा ऐश्वर्या र शाहरुख काम गर्न लागेका थिए तर सलमान खान ऐश्वर्यामाथि शंका गर्ने बानीका कारण सुटिङ स्थलमा नै पुग्न थाले । सलमान खानले ऐश्वर्यालाई पिट्ने गरेको समेत खबर बाहिर आउन थालेको थियो । सलमान खानलाई अन्तत ऐश्वर्याले छोडि दिइन् । सलमान खानले ऐश्वर्यालाई नपाएकै कारण हालसम्म अविवाहित रहेको धेरैको भनाइ रहेको छ ।
विवेक ओबेरोय
सलमान खानसँग सम्बन्ध टुटेपछि ऐश्वर्याको जीवनमा आए विवेक । त्यस बखत उनी ऐश्वर्याको निकै नजिक रहेको व्यापक चर्चा भएको थियो । सलमान खानले फोन मार्फत विवेकलाई धम्काउने काम समेत गरे । विवेकले ऐश्वर्यालाई निकै मन पराउँथे तर ऐश्वर्याले भने साथीको भावलेमात्र हेरेको पछि एक अन्तर्वार्तामा बताएकी थिइन् । उनीहरुको सम्बन्ध पनि खासै जम्न सकेन ।
अभिषेक बच्चन
अभिषेक र ऐश्वर्याले केही फिल्महरु सँगै गरे । त्यतिबेला अभिषेक र करिश्माको लब अफयेर पनि उत्तिकै चर्चामा रहेको थियो । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए । तर, उनीहरुको सम्बन्ध एक्कासी टुटेको थियो । फिल्म गुरु, उमराव जान को सुटिङका क्रममा उनीहरुको अफयेर चलेको थियो ।
गुरु फिल्मको टोरोन्टमा भएको प्रिमियरमा अभिषेकले ऐश्वर्यालाई प्रपोज गरेका थिए । सायद ऐश्वर्या पनि लाइफमा सेटल हुन चाहान्थिइन् । सन् २००७ अप्रिल २० मा उनीहरुले विवाह गरे । हाल उनीहरुको एक छोरी आराध्या पनि रहेकी छिन् ।