बलीउड अभिनेत्री कटरीना कैफसँग ब्रेकअप भएपछि बलीउड अभिनेता रणवीर कपुरको लिंकअपलाई जोडेर विभिन्न हल्ला चल्ने गरेको छ । पछिल्लोपटक उनको नाम जोडिएको छ बलिउड अभिनेत्री ज्याकलिन फर्नानडेजसँग ।
यसको उदाहरण रियालिटी सो ‘झलक दिखला जा–९’ को सेटमा देख्न मिलेको थियो । जब रणवीरले यस कुराको बेग्लै अन्दाजमा स्वीकारेका थिए ।
रणवीर कपुर आफ्नो फिल्म ‘ऐ दिल हे मुस्किल’ को प्रोमोटका लागि उक्त सोमा गएका थिए । उक्त सोमा ज्याकलिन पनि आएकी थिइन् । यस दौरान ज्याकलिन रणवीरको नजिक बसेकी थिइन् ।ख्याल ख्यालमै रणवीरले ज्याकलिनमाथि आफ्नोमात्र हक भएको बताएका थिए । लाजले भुतुक्कै भएकी ज्याकलिन त्यसपश्चात मनिष पलसँग नाच्न गएकी थिइन् । यी दुईले फिल्म ‘रोय’ मा एकसाथ काम पनि गरेका थिए ।