नेगेटिभ रोल्सका लागि फेमस एक्ट्रेस कीर्ति गायकवाड केलकर चाँडै टिभीमा कमब्याक गर्न लागेकी छिन् । खबरका अनुसार, कीर्ति टिभी सीरियल ‘ससुराल सिमर का’ बाट कमब्याक गर्न लागेकी हुन । यो शोमा कीर्तिले सिमरको रोल प्ले गर्नेछिन् । खासमा सिमर उर्फ दीपिका कक्कडले आफ्नो पर्सनल लाइफलाई फोकस गरेर चलिरहेको शोबाट विदा लिएकी छिन् । यस्तैमा कीर्ति अब नयाँ सिमरको रोल प्ले गर्नेछिन् ।
कीर्ति गएको ६ बर्षदेखी सानो पर्दाबाट टाढा छिन् । कीर्तिलाई अन्तिम पटक टिभी शो छोटी बहूमा देखिएको थियो । कीर्ति यसको अलवा सात फेरे र नच बलिए जस्ता टिभी शोहरुमा समेत देखिसकेकी छिन् । कीर्तिले हालैमा एक अन्तर्वार्तामा भनेकी थिइन कि झण्डै ६ बर्षपछि उनी टिभीमा कमब्याक गर्दैछिन् । तर, अहिले आएर उनलाई सही शो मिलेको छ । उनले यस कारण पनि यो शोमा काम गर्न लागेकी हुन कि यो शो आमा छोरीको सम्बन्धमा आधारित छ ।