बलीउड अभिनेत्री दीपिका पदुकोण अभिनित हलिउड डेब्यू फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ ज्यान्डर केज’ साल २०१७ को सर्वाधिक ग्रस कमाइ गर्ने हलीउड फिल्म बनेको छ। फिल्मले ३१० मिलियन अमेरिकी डलर (नेपाली ३३२० करोड) कमाइ गरेपछि यस्तो रेकर्ड बनेको हो ।
फिल्मको यस कमाइमा अमेरिकी घरेलु बक्सअफिसको योगदान १४.२ प्रतिशत रहेको छ। ८५ मिलियन अमेरिकी डलरमा बनेको फिल्मले भारतमा ८५ करोड भारू कमाएको थियो।