अनुप बिक्रम शाहीको मुख्य भूमिका रहने चलचित्र ‘निसाफ’ को छायाँकन बिहिबारबाट सुरु भएको छ । बिहिबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।
अभिनेता अनुपबिक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर मेरो अदालतमा तुरुन्त निसांफ मिल्छ’ भन्ने चलचित्र भित्र रहेको एक सम्बाद बोल्दै मुर्हत सट दिएका थिए ।
निसाफको प्रस्तुतकर्ता समेत विवेक सापकोटा हुन् । अपराधिक कथामा बन्न लागेको यो चलचित्रमा अनुपको अलवा सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा, साधना सिलवाल लगायतको अभिनय समेटिनेछ । ‘सिनेखबर डटकम’ लाई प्राप्त तश्वीरमा यो स्पष्ट देखिन्छ कि अनुपले यो चलचित्रका लागि आफ्नो कपाल बढाएका छन् । उनको गेटअपलाई हेर्दा चलचित्र ‘निसाफ’ मा उनी डनको भूमिकामा देखिन सक्ने अनुमान लगाउन सकिन्छ ।
सुपरियल फिल्मस्को ब्यानर बन्न लागेको चलचित्रका निर्माता यस जंग राना हुन् । लेखन समेत निर्देशक आफैले गरेको यो उनको निर्देशनमा डेब्यु चलचित्र हो ।
चलचित्र दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक विजय राज पौडेल हुन् । ३५ दिनको छायाँकन सेलुड सहित फ्लोरमा उत्रिएको यो चलचित्रको निर्माण लागत ६० लाख अनुमानत गरिएको छ ।