लगभग १० महिनापछि पपुलर शो ‘बालिका बधू’ मा आनन्दीको भूमिका निर्वाह गरेकी एक्ट्रेस तोरल रासपुत्राले पुनः अभिनयमा कमब्याक गर्ने भएकी छिन् । तर, यसपटक उनी टिभीमा होइन एक नाटकबाट कमब्याक गर्न लागेकी हुन । तोरल एक कमेडी प्ले ‘आई लव यू टू’ मा काम गर्न गइरहेकी छिन्, जसमा हितेन तेजवानी र ‘भाबी जी घर पर है’ मा गुलफाम कलीको भूमिका निर्वाह गरेकी फाल्गुनी रजनीले पनि मुख्य भूमिका निर्वाह गर्दैछन् ।
संजय झाको लभ ट्राएंगलमा बेस्ड यो प्लेमा तोरल, हितेनकी श्रीमती मीराको रोल प्ले गर्नेछिन् । बलीउड भाष्करसँगको कुराकानीको क्रममा तोरलले भनिन्, ‘म पहिलो पटक थ्रिएटरमा काम गर्दैछु, त्यसैले निकै एक्साइटेड छु । हितेन र फाल्गुनीसहित मेरा बढी जसो को(-स्टार्स थ्रिएटरसँग जोडिएका छन् र मलाई सहयोग गरिरहेका छन् । सुरुमा निकै नर्भस थिएँ, तर यति अनुभवी कलाकारहरुसँग काम गरेर अहिले राम्रो लागिरहेको छ । आश छ कि अडियन्सबाट राम्रो प्रतिक्रिया पाउनेछु ।’