खबर छ कि बलीउड अभिनेत्री ऐश्वर्या राय बच्चन ट्विटर र फेसबुकमा आउन चाहन्छिन् । तर, पति अभिषेक बच्चन उनलाई यस्तो गर्न दिइरहेका छैनन् । त्यसो त अभिषेक बच्चन आफै सोशल मीडिया प्लेटफर्ममा छन् र प्राय पोस्ट्स पनि गरिरहेका हुन्छन् । एक वेबसाइटको खबरका अनुसार, ऐश्वर्या गएको बर्ष आएको सुपरहिट चलचित्र ‘ऐ दिल है मुश्किल’ को समयमा नै ट्विटर र फेसबुकमा आउन चाहेकी थिइन तर अभिषेकले उनलाई रोकेका थिए ।
आजको समयमा अधिकांश कलाकारहरु आफ्ना फ्यानहरुसँग सोशल मिडियामा इन्टरेक्ट गर्दछन् । ऐश्वर्याका अलवा कंगना, सैफ अली खान, करीना कपूर जस्ता केही यस्ता बलीउड स्टारहरु पनि छन्, जो सोशल मिडियामा एक्टिभ छैनन् ।
तर, जब ऐश ट्विटर र फेसबुकमा आउन चाहिन्छन् तब यस्तो के छ जो अभिषेक उनलाई रोक्न खोजिरहेका छन् ।
बताइएको छ कि जूनियर बच्चन यो कुरालाई लिएर आश्वस्त छैनन् कि ऐश्वर्या सोशल मिडियाको प्रेशर झल्न सक्छिन् किनकी कयौं पटक बलीउड स्टार्स सोशल मिडियाका कारण तनाबमा पर्ने गरेका छन् ।