निर्माता/निर्देशक : पीए रन्जित
कलाकारहरु : रजनीकान्त, राधिका आप्टे, धनशिका, विस्टन चाओ, जोन विजय, दिनेश रवी आदी ।
तामिल चलचित्रका सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘कबाली’ अहिले भारत लगायत अधिकांश देशहरुमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा आएको पहिलो दिन नै भारतबाट २५० करोड माथीको व्यापार गरेको कबालीले अहिले भने कमजोर व्यापार गरिरहेको भारतीय विश्लेषकहरुले बताएका छन् । “जिउँदो देउता” भनेर समेत पुजिने रजनीकान्तको यो चलचित्रले समिक्षकहरुबाट भने खासै उत्कृष्ट समिक्षा पाउन सकेको छैन । यही चलचित्रको विषयमा गरिएको संक्षिप्त समिक्षा पढ्नुहोस् ।
कहानी
कबाली उर्फ रजनीकान्त २५ बर्षदेखी मलेशियाको एक जेलमा कैदीको जिन्दगी विताइरहेका हुन्छन् । उनलाई रिहा गर्ने समय आएको हुन्छ तर पुलिस र प्रशासन यस विषयलाई लिएर निकै चिन्तित हुन्छन् कि रजनीकान्तलाई जेलबाट छोडनु सही होला कि नछोड्नु । धेरै लामो छलफलपछि मलेशिया सरकारले कबाली उर्फ रजनीकान्तलाई जेलबाट रिहा गरिदिन्छ । रजनीकान्त जेलबाट निस्किएपछि मलेशियामा आफ्नो एकाधिकार चलाउन थाल्छन् । उनका पिता ग्याङ्गस्टा टोनी ली (विस्टन चाओ) को ग्याङ्ग ४३ ले त्यहाँ रहेर इन्डियालाई गलत धन्दामा फसाएको हुन्छ । कयौ बच्चाहरु ड्रग्सको सप्लाई गर्दै गरेका देख्न सकिन्छ भने कयौं यूवतीहरु बेचबिखनको शिकार भएका छन् । कबालीले यस ग्याङ्गको खिलापमा एक मोर्चा तयार पार्छन । बिच बिचमा कबालीको पुराना कहानी पनि देखाइएको छ । चाहे रजनीकान्त रुपा उर्फ राधिका आप्टेसँगको प्रेम सम्बन्धमा होस् वा गर्भवती रुपासँग विछोड हुनुको कहानी चलचित्रमा इमान्दार तरिकाले देखाइएको छ । कबाली कसरी ग्याङ्गस्टार बन्छन् ? कसरी जेल जान्छन् ? कसरी रजनीकान्तले ४३ ग्याङ्गको नामनिशान मेटाउँछन् ? यि सबैको जबाफ पाउनका लागि तपाईले चलचित्र कबाली चलचित्र हलमा नै गएर हेर्नु पर्छ ।
निर्देशन
चलचित्रको फस्ट हाफ कमजोर छ । सुरुवातको ३० मिनेट चलचित्र निकै बोरिङ्ग लाग्न सक्छ । त्यसपछि भने चलचित्रले केही स्पीड लिन्छ । चलचित्रको कहानी र क्यामेराको शट्स निकै राम्रो छ । चलचित्रमा रजनीकान्तको स्टाइललाई उत्कृष्ट तरिकाले देखाउन सिनेमेट्रोग्राफर सफल देखिएका छन् । सेकेण्ड हाफ पछि कबाली पत्नी रुपाको खोजीको हिँडेको दृश्य निकै इमोशनल छ । कबाली आफ्नो श्रीमती मरेको भनेर हिँडिरहेका हुन्छन् तर उसलाई कतैबाट श्रीमती रुपा बाँचेको खबर सुनाइदिन्छन् र कबाली श्रीमतीलाई भेटन निकै आतुर हुन्छन्, त्यो पक्षलाई निर्देशक पीए रन्जितले निकै सुहाउँदो शैलीमा प्रस्तुत गरेका छन् । तर चलचित्रको निर्देशकीय पक्ष त्यति उत्कृष्ट छैन तर रजनीकान्तका डाई हार्ट फ्यानहरुले चलचित्र हेर्दा कुनै नराम्रो भने लाग्दैन । निर्देशक पीए रन्जितले दर्शकहरुलाई अरु पक्षबाट भन्दा पनि रजनीकान्तका फ्यानहरुलाई भुलाउनका लागि चलचित्र तयार गरेका हुन् ।
कलाकारहरुको अभिनय
६५ बर्षिय तामिल सुपरस्टार रजनीकान्त कबालीको भुमिकामा फिट छन् । उनले चलचित्रमा निभाएको भुमिकालाई खोट लगाउने ठाउँ भने दर्शकहरुले पाउने छैनन् । चलचित्रमा अभिनेत्री राधिका अप्टेको भुमिका त्यति लामो छैन तर जति छ त्यसमा राधिकाले बेष्ट प्रफमेन्स दिएकी छिन् । टोनी लीको भुमिका निर्वाह गरेका विस्टन चाओले पनि चलचित्रमा राम्रो अभिनय गरेका छन् । रजनीकान्तकी छोरीको भुमिकामा देखिएकी धनसिकाको रोल पनि तारिफ योग्य छ । चलचित्रका कलाकारहरुको अभिनय हेर्ने हो भने दर्शकहरुले कतैबाट पनि कमजोर भेट्न सक्दैनन् ।
म्यूजिक
चलचित्रको ब्यकग्राउण्ड म्यूजिक सबैभन्दा बेष्ट छ । यस चलचित्रको एक गीत “निरुप्पा दा” पहिला नै हिट भइसकेको छ । चलचित्रमा रजनीकान्तको एक्शनले गर्दा म्यूजिक तर्फ दर्शकहरुको ध्यान बढी खिचेको देख्न सकिन्न ।
चलचित्र हेर्ने कि नहेर्ने
यही तपाई तामिल सुपरस्टार रजनीकान्तको डाई हार्ट फ्यान हुनुहुन्छ भने एकपटक चलचित्र हेर्दा राम्रै हुन्छ । चलचित्र कबाली पैसा असुल चलचित्र भन्दा पनि रजनीकान्तका फ्यानहरुलाई मात्र हेर्न लायकको छ ।