माघ १ गते शनिबार लण्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झण्डिएको अबस्थामा मृत फेला परेका चर्चित नेपाली र्याप गायक यमबुद्ध (अनिल अधिकारी) को अन्तिम एल्बम ‘खतरा’ मा समाबेश दोस्रो गीत ‘पैसा’ बोलको लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । यसअघि यो एल्बममा समाबेश ‘ताज’ बोलको र्याप गीत युटुबमा सार्वजनिक भएको थियो । सार्वजनिक ‘पैसा’ बोलको र्याप गीतमा गायक यमबुद्धको स्वर रहेको छ भने एल्बमका निर्माता नास्टीले यो गीत युटुबमा राखेका हुन । ‘खतरा’ एल्बममा ‘ताज’ र ‘पैसा’ का अलवा ‘खतरा’, ‘सपना’, ‘उस्को मन’, ‘अल्लरे ठिटा’, ‘फरक’, ‘अति भो’ र ‘योद्धा’ बोलका गीतहरु समाबेश छन् ।