सञ्चारकर्मी राजिव कुमार श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘सरर मिनी बस चढेर’ बोलको गीतमा सुशान्त कार्की र श्रेया कार्की फिचरिङ छन् । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा गोपी दाहालको शब्द तथा स्वर छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको कोरियोग्राफी अल इन वन ग्रुपले गरेको हो ।