नायिका प्रियंका कार्की आफ्नो बोल्ड भनाईका कारण बेला बखतमा खुबै चर्चामा आइरहेकी हुन्छिन् । अझ उनको पहिरनको चर्चा त झन खुबै चल्ने गर्छ नेपाली सिनेवृतमा । केही दिन अगाडी चलचित्र ‘बटरफ्लाई’ को छायाँकन सकेकी नायिका प्रियंका अहिले अर्को नयाँ चलचित्र ‘कथा काठमाण्डू’ को छायाँकनमा व्यस्त छिन् । यो चलचित्रपछि उनी सौगात मल्लसँग चलचित्र ‘फाटेको जुत्ता’ मा काम गर्दैछिन् । एक चलचित्रको काम सकायो अर्को चलचित्रमा अनुबन्धित भइरहेकी प्रियंका कार्की ‘कोका-कोला’ नेपालकी ब्राण्ड एम्बेसडर हुन । अहिले प्रियंकाले ‘कोक’ पिएको फोटो नेपालका शहरका भित्ता, गल्लीदेखी अधिकांश किराना पसल, होटलहरुमा टाङ्गिएका छन् भने ‘कोका-कोला’ को विज्ञापनहरुमा प्रियंकाले अहिले ‘ममसँग कोकाकोला आऊ’ भन्दै प्रचार गरिरहेकी छिन् । ३ बर्षका लागि ‘कोका-कोला’ नेपालको ब्राण्ड एम्बेसडरमा नियूक्त भएकी प्रियंका ‘कोका-कोला’ ले हाल सञ्चालन गरेको ‘कोका-कोला मोःमोत्सव’ मा सहभागी भइरहेकी छिन् । यो प्रियंकाको फेसबुक अकाउण्ट र इन्स्टाग्राममा हेर्दा पनि थाहा हुन्छ । अहिले उनी दैनिक जसो नै कहिले ममसँग कोका-कोला खाएको तश्वीरहरु पोष्ट गरिरहेकी हुन्छिन् । तश्वीरसँगै उनले आफुलाई ‘कोक गल’ र ‘मम गर्ल’ भन्दै क्याप्सन पनि लेख्न गरेकी छिन् । गएको फागुन १६ गते ३० बर्षकी भएकी प्रियंका अहिलेकी सर्वाधिक व्यस्त नायिका मध्येकी एक हुन । उनले यस बर्ष सय दिन मनाउन सफल चलचित्र ‘छक्का पन्जा’ मा काम गरेकी थिइन । अब उनको अर्को नयाँ चलचित्र ‘राधे’ नयाँ बर्ष २०७४ मा रिलिज हुँदैछ । यो चलचित्रमा प्रियंकाले निखिल उप्रेतीसँग रोमान्स गरेकी छिन् ।