नेपाली चलचित्रमा प्रवेश गर्ने नव-कलाकारहरु भविष्यमा राजेश हमाल जस्तो बन्ने सपना सबैले पाल्छन् । लामो कपाल, बोल्ड आवाज, लोभलाग्दो ज्यान, कुशल अभिनय क्षमताले नायक राजेश हमालले नेपाली रजतपटमा झण्डै २ दशक एकछत्र राज गरे । कुनै समय हमालका चलचित्रहरु हप्तै पिच्छे हलमा लाग्ने गर्थे । तर, अहिले हमालको क्रेज खस्कदै गएको छ । नखस्कियो पनि कसरी ? राजेश हमालको यूगदेखी यूगसम्म चलचित्रबाट गएको भदौमा रिलिज भएको शकुन्तलासम्म आइपुग्दा नेपाली चलचित्र बजारले अर्कै रुप लिइसकेको छ । कुनै दिन हमालका चलचित्र हेर्न मरिहत्ते गर्ने दर्शकहरु अहिले नयाँ अनुहारलाई ठलो पर्दामा हेर्न रुचाउँछन् । यसैले त पुराना धेरै कलाकारहरु त अहिले पलायन नै भइसकेका छन् ।
आज हामी कुरा गर्दैछौ, नायक राजेश हमालका डुब्लिकेट शितल केसीको । यो नाम धेरैलाई थाहा नभएपनि राजेश हमालको डुब्लिकेट भनेपछि शितलको नाम अगाडी आउँछ । सानैदेखी हमालका चलचित्र हेरेर हुर्किएका शितलको अनुहारदेखी ज्यान लगभग दुरुस्तै नायक राजेश हमाल जस्तो छ । उनलाई धेरैले हमालको डुब्लिकेट भनेर नै चिन्ने गर्छन । कहिले पनि यो सोचेका थिएनन् शितलले एकदिन हमालसँगै चलचित्रमा एकसाथ काम गर्छु भनेर तर उनको त्यो पुरा हुँदैन भनेको सपना पनि पुरा भयो । नायक राजेश हमाल र शितलले चलचित्र ‘मेरो राजेश दाई’ मा एकसाथ काम गरेका छन् । यो चलचित्रमा शितलले राजेश हमालको भाईको भूमिका निर्वाहा गरेको छन् । शितललाई ठूलो आश थियो नायक राजेश हमालसँग चलचित्र खेलेपछि अब स्टार भईन्छ भन्ने तर अहिले उनी गुमनाम जस्तै छन् । कमैलाई यो थाहा होला कि अहिले शितल के गरिरहेका छन् । नायक राजेश हमालसँग चलचित्र ‘मेरो राजेश दाई’ बाहेक शितलले ४ भन्दा बढी नेपाली चलचित्रमा पनि काम गरेका छन् भने सयभन्दा बढी म्यूजिक भिडियो पनि खेलेका छन् । तर, अहिले उनी गुमनाम जस्तै हुनुले राजेश हमालको डुब्लिकेट शितल केसी अहिले चलचित्रक्षेत्रबाट टाढा रहेको अनुमान लगाउन सकिन्छ ।