फिल्म : ‘बद्रीनाथ की दुल्हनिया’
डायरेक्टर : शशांक खेतान
स्टार कास्ट : आलिया भट्ट, वरुण धवन, स्वानंद किरकिरे
अवधि : २ घण्टा १९ मिनेट
रेटिंग : ३
डायरेक्टर शशांक खेतानले ‘हम्प्टी शर्मा की दुल्हनिया’ बनाएको केही समयपछि ‘दुल्हनिया’ को सीरीजको दोस्रो फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ लेखे र प्रोड्यूसर करन जोहरलाई सुनाए । करन पनि उक्त कथामाथी फिल्म बनाउन रेडी भए ।
‘बद्रीनाथ की दुल्हनिया’ को कहानी झांसीमा रहँदै आएका साहूकारका छोरा बद्रीनाथ बंसल (वरुण धवन) को हो, जो आफ्नो साथीको विवाहका लागि झांसी जान्छन् र त्यहिँ विवाहको दौरान उनको भेट वैदेही त्रिवेदी (आलिया भट्ट) सँग हुन्छ । बद्रीले त्यहि बेलादेखी वैदेहीलाई मन पराउँछन् ।
बद्री पटक पटक वैदेहीलाई आफ्नो बनाउने प्रयास गर्छन । फिल्मको कहानी झांसीदेखी कोटा र कोटादेखी झांसीसम्म छ । त्यसपछि मुम्बई हुँदै सिंगापुर पनि पुगेको र टिपिकल तरिकाबाट सकिएको छ ।
फिल्मले केटा-केटीबीचको अन्तर र दाइजो प्रथाको मुद्धालाई उठाएको छ, जसले अडियन्सको ध्यान आकर्षित गर्दछ । फिल्ममा शहरको भित्र हुने गरेको गतिविधिलाई पनि देखाउन खोजिएको छ, जसबाट केही व्यक्ति कनेक्ट हुन सक्छन् । फिल्मको डायरेक्शन राम्रो छ । शहरहरुको सुन्दरतालाई शशांकले जस्ताको तस्तै उतारेका छन् । ड्रोन क्यामेराका कारण केही सिनहरु अझ रोमाञ्चक छ ।
वरुण धवनले एक उत्तर प्रदेशका केटाको भूमिका निकै राम्रोसँग निर्वाह गरेका छन् । त्यस्तै, आलिया भट्टले पनि निकै राम्रो अभिनय गरेकी छिन् । फिल्मको कमजोरी कडी यसको टिपिकल कहानी हो । लोकेशन्सको बीचमा घुमेको कहानी कतै कहानीभन्दा बाहिर गएको भान हुन्छ त कतै विना कारण लम्बाईएको महशुस हुन्छ । सिंगापुरमा मदिरा सेवनवाला सिन, फेमिली मीटिंगको सिन, सिंगापुर पुलिसको रवैया जस्ता केही बनावटी लाग्छ ।
केटा-केटीको बीच भेदभावको मुद्धा उठाइएको छ तर यसलाई जोडदार तरिकाबाट उठाउन भने मेकर्स पूर्णरुपमा चुकेको छ । फिल्ममा संवाद प्राय एकै अन्दाजमा बोलिएको छ, जसबाट मल्टिप्लेक्सका अडियन्स १०० प्रतिशत कनेक्ट गर्न सकेको छैन किनकी आजकल बढी जसो हिंग्लिशमा कुरा हुने गर्छ । यो चलचित्रले प्रदर्शनको ४ दिनमा ५५.१३ करोडको विजनेश गरिसकेको छ । २२ सय स्क्रिनमा एकसाथ प्रदर्शन भएको यो फिल्मले ८० करोड कमाए हिट र ११५ करोड कमाए सुपरहिट हुनेछ ।