गायिका तथा मोडल ज्योति मगरले अभिनय गरेको अर्को नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ताला चावी झैँ’ गीतमा एकनारायण भण्डारीको लय र शब्द रहेको छ भने कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी. फिचरिङमा छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बि.सी.ले निर्देशन गरेका हुन । नबिन घर्ति मगरले काटछाट गरेको सार्वजनिक भिडियो क्यानडा नेपालको युटुब च्यानलबाट अपलोड गरिएको हो ।