किम कार्दशियनकी कान्छी बहिनी तथा हलीउड अभिनेत्री केन्डल जेनरको घरमा चोरी भएको खबर बाहिर आएको छ । हालैमा केन्डलको घरबाट करिब २ लाख डलर अर्थात नेपाली डेढ करोडको ज्वेलरी चोरी भएको छ । घटनापछि केन्डलले पुलिसमा मुद्धा दर्ता गराएकी छिन् र अहिले पुलिसले इनवेस्टीगेशन सुरु गरिरहेको छ ।
घटनाको क्रममा केन्डलले घरमा कसैको आवाज सुनेपछि नै पुलिसलाई फोन गरेकी थिइन् । तर, पुलिस केन्डलको घर आइपुग्नु भन्दा अगाडी नै चोर फरार भइसकेका थिए । घटनापछि पुलिसले छानविन गरेको थियो तर कुनै पनि सबूत अहिलेसम्म मिलेको छैन ।