अमेरिकन गायिका जेनिफर लोपेजले भनेकी छिन् कि डान्सरको रुपमा पहिलो पटक प्रस्तुती दिनुभन्दा एक दिन अगाडी उनले एक टुक्रा पिज्जा मात्र खाएकी थिइन् । सुत्रका अनुसार, ४७ बर्षकी यी अभिनेत्री अहिलेकी चर्चित कलाकार हुन तर ८० को दशकको अन्त्यमा उनले आफ्नो करियरको सुरुवातमा निकै दुख खेप्नु परेको थियो ।
जेनिफरले प्रतिस्पर्धामा आधारित आफ्नो नयाँ टिभी शो ‘वर्ल्ड अफ डान्स’ को प्रचारको क्रममा भनिन्, ‘म प्रत्येक दिन एक टुक्रा पिज्जा खाने गर्थें । यसका अलवा म विहानको खाना र दिउँसोको खाजा समेत खाँदिन थिएँ ।’
उनले अगाडी भनिन्, ‘‘म राती ६ बजे मात्र खाना खाने गर्थें किनकी भोलीपल्टसम्म यसले काम गरोस् ।’’ लोपेजले बर्ष १९९१ मा पहिलो पटक आफ्नो ठूलो प्रस्तुती दिएकी थिइन ।