२३ मार्च, १९८७ मा हिमाचल प्रदेशको मन्डि जिल्लाको नजिक सूरजपूर (भाबंला०) मा बलीउड अभिनेत्री कंगना रनोटको जन्म भएको थियो । कंगना आफ्नो बोल्ड भूमिका, एक्टिंग स्किल्स र पर्सनल लाइफलाई लिएर प्राय सधै चर्चामा आइरहेकी हुन्छिन् । कंगनाले एक अन्तर्वार्तामा बताएकी थिइन् कि उनका मातापिता उनलाई डाक्टर बनाउन चाहन्थे तर उनी १२ कक्षामा नै फेल भईन । यसपछि उनले आफ्ना मातापितासँग झगडा गरेर दिल्ली आईन् । दिल्लीमा उनले अभिनयको कोर्ष लिइन् र अभिनेत्री बन्ने यात्रामा आफ्नो पाइला अगाडी बढाइन् । कंगनाको यस बर्ष ‘रंगून’ रिलिज भएको थियो तर फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेन ।
कंगनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म जन्मिँदा मेरो परिवार खुशी थिएन । खासमा, जब मेरो जेठी दिदीको जन्म भएको थियो तब परिवारमा खुशीयाली छाएको थियो । तर दोस्रो बच्चाको रुपमा जब म घरमा भित्रिए तब परिवार निकै दुखी थियो । त्यस बेला म घरको अनवान्टेड चाइल्ड थिएँ ।’