बलीउड अभिनेत्री दीपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् ।
बलीउडमा स्थापित नायिकाको रुपमा परिचित उनले मोडलिङमा लागेपछि भने पढाइलाई निरन्तरता दिन भने सकिनन् ।
उनकी एक बहिनी अनिशा रहेकी छिन् जो गल्फ प्लेयर हुन् । उनको हजुरबुबा मिसोरी ब्याडमिन्टन एसोसियसनका सचिव रहेका थिए ।
उनले आफ्नो करिअर टेलिभिजन कमर्सियलबाट सुरु गरेकी थिइन् । उनको पहिलो कमर्सियल भने लिरिल रह्यो । त्यस पश्चात उनले धेरै ब्राण्डहरुमा काम गरिन् । सन् २००५ मा लक्मी फेशन विकमा उनले डेब्यु गरिन् । उनले मोडल अफ दि इयरको उपाधि समेत जित्न सफल भइन् ।
कुल सम्पत्ति
दिपिकाको कुल सम्पत्ति ७.५ मिलियन डलर रहेको छ । सन् २०१५ सम्म उनले एउटा फिल्म खेलेको १० करोड रुपैयाँ लिने गर्थिन् भने हाल यो रकम बढेको मिडिया रिपोर्टहरुले बताउँछन् । बाजिरायो मस्तानी फिल्म पश्चात उनको फिस बढेको छ । उनले अब एउटा फिल्म खेलेबापत १५ करोड लिने बताइएको छ । यदी उनले यो रकम लिएमा उनी बलिउडमा सबैभन्दा धेरै फिस लिने सुचीको पहिलो स्थानमा रहने छिन् ।
घर
दीपिका पैसा लगानी गर्न जान्ने अभिनेत्रीमा गनिन्छिन् । उनले प्रभादेवीमा २७७३ स्वायर फुटमा रहेको चार बेडरुमवाला अपार्टमेन्ट लिएकी छिन् । यो फ्ल्याट २६ औ तलामा रहेको छ भने यसको मुल्य १६ करोड रहेको छ ।
कारहरू :-
-सेतो कलरको अउडी ए८–१.२ करोड भारतीय रुपैयाँ
-रेन्ज रोभर
-मर्सिटिज बेन्ज जि६३
-अउडी क्विउ७
-बिएमडब्लु ५