सलमान खान बलीडडका दबंग अभिनेता मानिन्छन् । उनको अगाडी धेरैको बोली बन्द हुन्छ तर कोही यस्ता मानिस छन् जसको अगाडी सलमान आफैको बोली बन्द हुन्छ । यिनीहरुसँग सलमान खानलाई पनि लाग्छ डर ।
सलमान खान फेसबुक र ट्विटर बाहेक एक अर्को प्लेटफर्ममा पनि आफ्नो फ्यानहरुसँग अन्तरक्रिया गर्छन् । उनको मोबाईल एपमा एक फ्यानको प्रश्नको जवाफमा उनले भने, ‘अहिलेसम्म म आफ्नो आमा बुबासँग डराँउछु । मलाई अहिले पनि यो कुराको डर लाग्छ कि म जे गरिरहेको छु त्यसले मेरो आमा र बुबालाई चोट पुग्न सक्छ र मेरा भाइ बहिनीहरु दुखी हुन सक्छन् ।’
सलमान अहिले सफलताको त्यो उचाइमा पुगेका छन् त्यो अवसर कमै मात्र कलाकारले पाउँछन् । सलमानले यो विषयमा अगाडी थपे, ‘जब कुनै मानिस शिखरमा पुग्छन् उनीहरुको आस–पासका मानिसहरु जि हजुर भन्न थाल्छन् तर जब पनि म गलत गर्नेवाला हुन्छु मेरो परिवार र साथीहरुले मलाई जमिनमा ल्याइदिन्छन् ।’ सलमानको प्रोफेसनल लाइफ जति सफल छ उनको व्यक्तिगत लाइफ भने विवादित रहेको छ । तर, सलमानको परिवारले सधैं उनको साथ दिएको छ । हाल सलमान अली अब्बासको ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त छन् । यो फिल्ममा सलमान कटरिना कैफको साथमा देखिनेछन् । उनको अर्को फिल्म ‘ट्युवलाइट’ भने ईदमा रिलीज हुने छ जसलाई कबिर खानले निर्देशन गरेका हुन् ।