यही चैत २५ गतेबाट चलचित्र ‘अपरिचित’ हलमा लाग्ने भएको छ । यसअघि यो मितिमा नम्रता श्रेष्ठको ‘पर्व’ रिलिज हुने फाइनल भएको थियो तर विविध कारणले ‘पर्व’ रिलिज नहुने भएपछि यो मितिमा ‘अपरिचित’ आउन लागेको हो । जुना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘अपरिचित’ मा प्रज्वल गिरी, ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवा लगायतको मूख्य भुमिका रहेको छ । चलचित्रलाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन । यसअघि उनले तमाङ चलचित्र ‘पर्खाल’, ‘कर्म’ निर्देशन गरेका थिए ।
चलचित्र ‘अपरिचित’ का निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको चलचित्र अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ ।