‘सिंघम’ फेम जयकांत शिखरे उर्फ प्रकाश राज २६ मार्चबाट ५२ बर्षका भएका छन् । एक्टरका साथ साथ प्रकाश राज डायरेक्टर, प्रोड्यूसर पनि हुन । साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार प्रकाशराजले बलीउड फिल्म इन्डस्ट्रीमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । प्रकाश राज फिल्ममा आउनु भन्दा अगाडी थिएटर आर्टिस्ट थिए । उनले कन्नड सिनेमापछि तामिल फिल्ममा काम गर्न सुरु गरे । १९९४ मा रिलिज भएको फिल्म ‘Duet’ बाट तामिल फिल्ममा डेब्यू गरेका थिए । यो फिल्म सुपरहिट भयो र प्रकाशराजले आफ्नो छुट्टै पहिचान बनाए ।
प्रकाश राजले २०१० मा कोरियोग्राफर पोनी वर्मासँग विवाह गरे । यी दुईको उमेरमा १२ बर्षको अन्तर छ । विवाह गरेको ५ बर्षपछि ३ फेव्रअरी २०१६ मा प्रकाश ५० बर्षको उमेरमा छोरा वेदान्तका पिता बने । यो प्रकाश राजको चौथौ सन्तान हो । यसअघि पोनीभन्दा अगाडी प्रकाशले १९९४ मा एक्ट्रेस ललिता कुमारीसँग विवाह गरेका थिए । सन् २००९ मा उनीहरुको डिभोर्स भयो । यी दुईको दुई छोरी मेघना, पूजा र एक छोरा सिधू छन् । तर, छोराको भने निधन भइसकेको छ ।