भारतका चर्चित कमेडियन कपिल शर्माका फ्यानहरुका लागि दुखद खबर बाहिरिएको छ । स्रोतले बताएको खबर अनुसार, चाँडै कपिलको सोनीबाट प्रशारण हुँदै आएको ‘द कपिल शर्मा शो’ बन्द हुँदैछ । बताइएको छ कि कपिल र सुनील ग्रोवरको ताजा विवादबाट दिकदार भएर सोनी च्यानलले उक्त शो नै बन्द गर्न लागेको हो । तर, हालसम्म यो विषयमा अफिसियल पुष्टि भने भएको छैन, न सोनी च्यानलबाट न कपिलको प्रोडक्शन हाउस ‘के९’ बाट ।
रिपोर्ट्सबाट प्राप्त खबरका अनुसार, गएको दिनहरुमा जब सुनील ग्रोवर, चन्दन प्रभाकर र अली असगरले सुट गर्न इन्कार गरेपछि भारतका अन्य कमेडियनहरु (राजू श्रीवास्तव, सुनील पाल र अहसान कुरैशी) शोमा आएका थिए । तर, यस विषयलाई लिएर च्यानल खुशी छैन । हालैमा कपिलले सेटमा कुनै पनि सेलिब्रेटी नआएपछि सुट क्यान्सिल गरेका छन् र पछि आफ्नो फिल्म फिरंगीको शूटिंगका लागि निस्किएका थिए । खबरका अनुसार उनी भोलीमात्र मुम्बई फर्किनेछन् ।