बलीउडका सबैभन्दा सफल युवा सेलिब्रेटीमा अनुष्का शर्माको नाम खासै अग्रस्थानमा नभएपनि उनको भनाई छ कि जसरी शाहरूख र सलमान आफ्नो स्टारडमलाई सम्हाल्छन्, उनी सोच्न पनि सक्दिनन् कि यस्तो पनि उनी गर्न सक्छिन् ।
शाहरूखसँग फिल्म ‘रब ने बना दी जोड़ी’ बाट बलीउडमा डेब्यू गरेकी अनुष्काले आमिरसँग फिल्म ‘पीके’ र सलमानसँग गएको बर्ष ब्ल्ककबस्टर ‘सुल्तान’ मा काम गरिन् । अनुष्का भन्छिन्, ‘मलाई अहिलेसम्म सुपरस्टारडम हासिल गरिसकेकी छैन तर मसँग अहिले जे छ त्यसबाट म निकै डराउँछु । म धेरै पटक यसको बारेमा (स्टारडम) सोच्छु । मैले अहिले सलमान, शाहरूख र आमिर जसरी सुपरस्टारडमको अनुभव गरेकी छैन । तर, यो (मेरो स्टारडम) ले पनि मेरो सोचलाई गडबड गर्न सक्छ, यसको विषयमा भूल्नुहोस् कि उसले कोसँग सामना गर्नुपर्छ ।’
अनुष्काले अगाडी थप्दै भनिन्, ‘‘म यसलाई सम्हाल्न सक्दिन् । जसरी सलमान, शाहरूख आफ्नो स्टारडमलाई सम्हाल्छन्, त्यो एक योग्यता हो ।’’