नेपाली चलचित्रकी क्यूट नायिका झरना थापा हिजो आइतबारबाट ३८ बर्षमा लागिन् । २० बर्षदेखी नेपाली चलचित्रमा सक्रिय झरनाले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि आफ्नो ह्याप्पी बर्थडे सेलिब्रेट पनि गरिन् । यसका साथ-साथै उनले निर्देशनमा डेब्यू गरेको आफ्नै होम प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘ए मेरो हजुर २’ को रिलिज घोषणा पनि गरेकी छन् । आइतबार राजधानीमा चलचित्र ‘ए मेरो हजुर २’ को मोशन पोष्टर, एक गीत र चलचित्रको रिलिज मिति घोषणा गरिएको थियो । यसअघि यो चलचित्र यही चैत १८ गतेबाट हलमा लाग्ने पक्का थियो तर आइतबार घोषणा गरिएको रिलिज डेट अनुसार अब यो चलचित्र अर्को बर्षको भदौ १६ गतेबाट हलहरुमा लाग्नेछ । सुहाना इन्टरटेन्मेन्ट र एस.के.थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत, अनुभव रेग्मी, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।