हलीउड अभिनेत्री केटी होम्सले ब्बायफ्रेण्ड जेमी फक्ससँग आफ्नो सम्बन्धको खुलासा गर्दै आफुहरुले अहिले नै विवाह भने नगरिसकेको जानकारी दिएकी छिन् । मिडियामा फक्ससँग गुपचुप तरिकाबाट विवाह गरेको अफवाहपछि अभिनेत्रीले यो कुरा गरेकी हुन ।
ई.अनलाइन पत्रिकाका अनुसार, टिभी कार्यक्रम ‘डसन्स क्रीक’ मा उनलाई अहिले पनि एक्लो रहेको र गुपचुपमै विवाह गरेको विष्यायमा प्रश्न सोधिएको थियो र उनले प्रश्नको उत्तर दिँदै भनिन्, ‘अहँ होइन । मैले विवाह गरेको छैन तर यो सोध्नु भएकोमा धन्यवाद ।’ केटी होम्स र फक्स करिब एक बर्षदेखी प्रेम सम्बन्धमा रहेको बताइएको छ । तर, अहिलेसम्म उनीहरुले सार्वजनिक रुपमै स्वीकार भने गरेका छैनन् ।