बलीउड एक्टर अली फजल र एक्ट्रेस रिचा चड्ढाले हालैमा माईकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनसँग भेटे । उनीहरुको यो भेट अमेरिकाको लस वेगासमा भएको थियो । सुत्रका अनुसार, रिचा र अली कुनै प्रोजेक्टलाई लिएर पेरिससँग भेटेका हुन ।
रिचा लस एन्जिलिसमा आफ्नो पहिलो अमेरिकन फिल्मको स्क्रीनिंगका लागि गएका थिए । यो क्रममा नै उनीहरुको भेट पेरिस ज्याक्सनसँग भएको हो । अली फजल हाल फिल्म ‘विक्टोरिया एण्ड अब्दुल’ मा अभिनेता जूडी डेन्चसँग काम गरिरहेका छन् । अलीले ‘३-इडियट्स’, ‘फुकरे’, ‘हैप्पी भाग जाएगी’ जस्ता बलीउड फिल्ममा काम गरिसकेका छन् । हलीउडमा उनले फिल्म ‘फ्यूरियस-७’ मा पनि काम गरेका थिए । अलीको फिल्म ‘विक्टोरिया एण्ड अब्दुल’ २२ सेप्टेम्बरमा रिलिन हुँदैछ । अली आगामी बलीउड फिल्म ‘फुकरे रिटर्न्सड’ र ‘तड़का’ मा पनि देखिँदैछन् ।