हलीउड एक्ट्रेस केट हडसनले गिटारिस्ट डेनी फुजीकावासँग आफ्नो रोमान्सलाई पब्लिरकली व्यक्त गरेकी छिन् । हडसनले दुनियाँको भिडको अगाडी ब्वायफ्रेण्डलाई ‘किस’ गर्दै देखिएकी छिन् । सुत्रका अनुसार, हलीउडको यो कपल पब्लिकको अगाडी एकअर्कासँग किस गर्दै गरेको अवस्थामा भेटिए । खास कुरा यो छ कि यी दुई एक अर्कासँग दस मिनेटसम्म ‘किस’ गरेर बसेका थिए । यो रोमान्टिक माहोल न्यूयोर्कको सडकमा भएको हो, जहाँ यी दुईले रोमान्टिक डिनरपछि प्रेम व्यक्त गरेका थिए ।
बताइदिउँ कि केट हडसनको पहिला पनि दुई छोरा छन् । उनले पहिला क्रिस रोबिनसनसँग विवाह गरेकी थिइन्, जुन ६ बर्षसम्म चल्यो । हडसन अगस्ट २०१६ मा अलग भईन । त्यसपछि उनी मैट बेलैमीसँग रिलेशनशिपमा रहिन् । फेरी यी दुई पनि डिसेम्बरमा टाढिए । हलीउडको दुनियाँमा केट हडसनको नाम सबैभन्दा फेसम अभिनेत्रीको सूचीमा आउँछ । उनी बर्ष २००० मा आएको ‘अलमोस्ट् फेमस’ मा पेनी लेनको भूमिका निर्वाहा गरेपछि चर्चामा आएकी थिइन् ।