एक्टर ब्रेडली कपूर र उनकी गर्लफ्रेण्ड इरिना शायकले आफ्नो पहिलो बच्चालाई स्वागत गरेका छन् । ३१ बर्षकी रशियन सुपरमोडल साल २०१५ देखी ४२ बर्षका ब्रेडली लाई डेट गरिरहेकी छिन् । एक म्यागजीनका अनुसार, २ हप्ता अगाडी यो जोडीलाई बेबी ब्वाय भएको हो । तर, यस विषयमा अहिलेसम्म अन्य कुनै जानकारी भने मिलेको छैन । इरिना शायकको प्रेग्नेन्सीको खबर नोभेम्बरमा बाहिर आएको थियो, जब उनले गएको बर्ष विक्टोरिया सीक्रेट फेशन शोमा बेबी बम्पसँग वाक गरेकी थिइन् । यी दुईले अहिलेसम्म विवाह भने गरेका छैनन् ।