गीतकार सिद्धार्थ लामिछानेले आफ्नी आमाको सम्झनामा ‘कला’ एल्बम चाँडै बजारमा ल्याउने भएका छन् । बैशाख २५ गते राष्ट्रिय नाचघरमा ‘कला’ एल्बमको विमोचन विमोचन गर्ने सिद्धार्थले जानकारी दिए । एल्बममा समाबेश सम्पूर्ण गीतहरु सिद्धार्थ आफैले लेखेका हुन भने दीप श्रेष्ठ, दीपक खरेल, सत्य स्वरुप, धमेन्द्र सेवान, ईश्वर अमात्यको स्वर रहेको छ । गीतकार लामिछानेले आफ्नी आमाको क्रियाका लागि १३ दिन पशुपतिनाथमा बस्दा ‘कला’ एल्बमका लागि गीत लेखेका हुन । गीतहरुमा शेखर सन्तोष र रोशन थापाको संगीत रहेको छ ।