बर्ष २०१७ को सर्वाधिक प्रतिक्षित फिल्म ‘बाहुबली २’ को नेपाल प्रदर्शन अधिकार महंगोमा खरिद भएको छ । वितरक सुनिल मानन्धरको कम्पनि श्रीराम बालाजी पिक्चर्सले फिल्मलाई तीन करोड मा नेपाल भित्र्याएको हो ।
यो रकम कुनै पनि भारतिय फिल्मलाई नेपाल प्रदर्शनको लागी खर्चिएको सर्वाधिक बढि हो । यसअघि मानन्धरकै पहलमा बाहुबलीको पहिलो संस्करण पनि दर्शना आर्टसले नेपाल भित्र्याएको थियो । उक्त समयमा बाहुबलीलाई १ करोड ५० लाखमा नेपाल ल्याईएको थियो ।
यहि अप्रिल २८ मा विश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई एसएस राजामैलीले निर्देन गरेका छन् । भारतमा यो फिल्म अहिले सर्वाधिक चर्चामा छ । फिल्म निर्माण टिमले रिलिज पुर्व नै ३ सय करोड रुपैयाँ सुरक्षित गरिसकेको भारतिय मिडियामा चर्चा छ ।